• १२ साउन २०८१, शनिबार

तालमा फसेका चार जनाको उद्धार, एक मृत अवस्थामा फेला

blog

सशस्त्र प्रहरी पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालमा फसेकाको उद्धार गर्दै । तस्बिर : सशस्त्र प्रहरी

कास्की, असार २६ गते । कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ् तालको पानी बस्तीमा पस्दा एकतले घर डुबेर फसेका एकै परिवारका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीको उद्धार गरिएको जानकारी दिनुभयो ।


सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको उहाँको भनाइ छ ।

यसैगरी, सोही महानगरपालिकास्थित सहेलापाटा निवासी ५१ वर्षीय मनबहादुर थापाको जस्ताले छाएको एकतले कच्ची घर पहिरोले पुरिदा उहाँका २२ वर्षीय छोरा भीमबहादुर थापा बेपत्ता हुनुभएको थियो । उहाँको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा बुधबार बिहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।