• १२ साउन २०८१, शनिबार

गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया

blog

गाजा, असार २५ गते । हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

“यदि प्रशासनले युद्ध समाप्त गर्न चाहेको खण्डमा नेतान्याहुलाई युद्धविराममा पुग्न दबाब दिनुपर्ने हमासको राजनीतिक ब्युरोका सदस्य हुसाम बद्रानले  विज्ञप्ति मार्फत जनाएका छन् । द्वन्द्वमा प्यालेस्टिनी जनता पीडित रहेको उल्लेख गर्दै इजरायली सेनाले पीडितको झूटो दाबीको पछाडि लुकाउने गरेको बताउनु भएको छ ।

इजिप्टेली मिडियाको रिपोर्ट अनुसार यूएस सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्स कैदी आदानप्रदान सम्झौता र गाजा पट्टीमा नौ महिना लामो युद्धको अन्त्य सम्बन्धी वार्तामा भाग लिन यस हप्ता कायरो जाने अपेक्षा गरिएको छ । कैदी वार्तामा संलग्न एजेन्सीहरूका अधिकारीसहित इजरायली प्रतिनिधिमण्डल गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न कायरो पुग्ने अपेक्षा गरिएको मिडियाले जनाएका छन् ।

इजरायललेसन् २०२३ अक्टोबर–७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसाविरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठुलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा एक हजार २०० मानिसहरू मारिए भने २३० भन्दा बढीलाई बन्धक बनाइयो ।

आक्रमण सुरु भएदेखि नै इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबिच युद्धविराम र कैदी आदानप्रदान गर्ने प्रयास गर्दै आएका छन् । रासस/सिन्ह्वा