• १२ साउन २०८१, शनिबार

नारायणी नदीमा तीन जनाको बेवारिसे शव फेला

blog

बोमलाल गिरी
नवलपुर, असार २५ गते ।
 नवलपुरको गैँडाकोट–१ नारायणी नदीमा सडेगलेको अवस्थामा तीनजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट–१ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा दुई पुरुष र एक महिलाको शव भेटिएको हो ।

एकजना अनदाजी ६० वर्ष र अर्का अन्दाजी अन्दाजी ४५ वर्षका पुरुष तथा ४५ वर्षीय महिलाको शव भेटिएको प्रहरीको भनाइ छ । उनीहरूको सनाखत हुन सकेको छैन ।

बाढीले बगाएर ल्याएको हुन सक्ने भन्दै माछा मार्न गएकाहरूले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।