• १२ साउन २०८१, शनिबार

अवरुद्ध सडक पुनः सुचारु

blog

सडक डिभिजन कार्यालय अछामबाट आएको स्काइभेटर साँफे मार्तडी सकड अन्तर्गत पर्ने गडखेत नजिकको सडकमाथिबाट आएको पहिरो पन्छ्याउँदै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार २३ गते । बाजुराको साफे-मार्तडी सडक पुन सुचारु भएको छ । हिजो राती परेको अविरल वर्षाका कारण मार्तडी गडखेत नजिकको सडकमाथिबाट आएको पहिरोले बिहान पाँचदेखि छ बजेसम्म सडक अवरुद्ध भएको थियो । 

सडक डिभिजन कार्यालय अछामले बिहान आठ बजे त्यो पहिरोलाई पन्छ्याएपछि अहिले सो सडक पुन सुचारु भएको हो । सदरमुकाम मार्तडीको गडखेत नजिकको सडकमाथिबाट आएको पहिरो बिहान केही घण्टामा बाटो अवरुद्ध भएको थियो ।

अहिले त्यो सडकको पहिरोलाई एक्स्काभेटर मार्फत पन्छ्याएपछि सो सडक पुन सुचारु भएको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताउनुभयो ।