• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकको अध्यक्षता ग्रहण गर्दै सभामुख देवराज घिमिरे । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार २३ गते । प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९/८०) पेस भएको छ । सभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस गर्नुभयो ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको बेहोराबारे जानकारी दिनुभएको थियो  । रासस