• १९ असोज २०८१, शनिबार

चर्चा जस्तो छैन ‘कल्की’

blog

काठमाडौँ, असार २२ गते । ‘कल्की २८९८ इस्वी’ ले दर्शकलाई यति धेरै अनेकन् कथामा भुलाउँछ कि दर्शकले मध्यान्तरसम्म कथा कता मोडिरहेको छ भन्ने पत्तै पाउँदैनन् । चलचित्रले प्रदर्शनपूर्व जति चर्चा बटुलेको थियो त्यो अनुरूप चलचित्र बनेको छैन । मध्यान्तरसम्म चलचित्र हेरेको हो कि कमिक्स हेरेको हो ठम्याउन गाह्रो पर्छ । पहिलो केही समय चलचित्रभित्र मुख्य पात्रको प्रवेश देखाइँदैन । चलचित्र बालबालिकाका लागि उपयुक्त छ । प्रौढ उमेरका दर्शकलाई चलचित्र मन नपर्न पनि सक्छ । 

युद्धको विनाशपछि काशी मात्र अस्तित्वमा बाँकी रहेको सहर हो र जसमा भगवान् राजा सर्वोच्च यस्किनले शासन गरेका छन् । त्यहाँका मानिसले नयाँ प्रविधि आविष्कार गरेर आफ्नो जीवन बिताइरहेका छन् । चारैतिर बालुवा र धुलो छ जसमा प्रतिकूल परिस्थितिमा पनि प्रविधिको आधारमा मानिसले जीवन जिउने गरेका छन् । यस्किनले भैरवलाई विगतका केही घटना रोक्न पठाउँछन् जहाँ उनको मोक्षको खोजीमा लामो समयदेखि यस पृथ्वीमा भड्किरहेका अश्वत्थामासँग भेट हुन्छ । दुवैले त्यतिबेला तब मोक्ष पाउनेछन् जब भगवान् विष्णु कल्की अवतारमा आउँछन् र सात चिरञ्जीवीको साथमा खराब मानिसको विनाश गरी मोक्ष प्राप्त गर्छन् । दुष्टता अन्त्य गर्न कल्कीले कस्तो अवतार लिन्छ ? के अश्वत्थामाले मोक्ष पाउछन् ? कल्की यी दुई कुरामा अल्झिएको छ । 

पौराणिक कथासँगै काल्पनिक कथालाई समेटेको यसबाट रोमाञ्चक तìव हटेको छ । चलचित्रले कथाका माध्यमबाट प्रतिकात्मक सन्देश दिने प्रयास पनि गरिएको छ । त्यसैले पनि चलचित्रले केही मात्रामा भए पनि दर्शकलाई निराश बनाउने काम गरेको छ । अझ चलचित्र पौराणिक कथामा आधारित भएको भए राम्रो हुन्थ्यो । पात्रको पहिरन र बोली भाषा पनि कम स्तरको छ । अमिताभ बच्चनको उपस्थिति, उनको चरित्र लेखन र आफ्नै उत्कृष्ट काम देखेर तपाईंले ७० र ८० को दशकको झलक पाउनुहुने छ, जब उनले ठुलो पर्दामा राज गरेका थिए । पछिल्लो आधा घण्टामा प्रभासको चरित्र महाकाव्य बन्छ । सुरुदेखि नै उनी आफ्नो चरित्रको लेखनसँग पूर्ण तालमेलमा रहेको देखिन्छ । दीपिकाको भूमिका छोटो छ तर सबैले खोजी गर्ने खालको छ । प्रभास, अमिताभ र कमल हसनलाई भन्दा पनि निर्देशक नाग अश्विनले दीपिकाको भूमिकालाई मुख्य चरित्र बनाएका छन् । सबै कुरा दीपिकाकै वरपरबाट सुरु हुन्छ । यद्यपि चलचित्रमा उनी एकदमै कम बोल्छिन् तर उनको अभिनयले नै सबैको मन जित्छ ।    

कमल हसनको भूमिका लामो क्यामियो भएको भनिन्छ तर चलचित्रमा उनी छोटो भसमिकाम देखिन पनि उनको भूमिकालाई मन नपराउने कमै भेटिन्छन् । उनले यस्किनलाई भयानक खलनायक बनाएका छन् । पोस्ट–क्रेडिट दृश्यमा उनलाई देखेर तीन छक्क पर्छन् । निर्देशक नाग अश्विनले चलचित्रबाट खाखै फाइदा बटुल्न सकेको देखिँदैन । कथा पौराणिक छ न त पूर्णतया आधुनिक, कतै ठुला कलाकारको आभामा हराएको देखिन्छ । मध्यम शैलीको कथा रहेको चलचित्रको कथा न त पूर्णतया पौराणिक छ न त आधुनिक ।