• २३ असार २०८१, आइतबार

तेक्वान्दो खेलाडी पुरस्कृत

blog

तेक्वान्दो खेलाडी । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार २० गते । विभिन्न प्रतियोगितामा सहभागी भइ मेडल जितेका तेक्वान्दो खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । धनगढीस्थित चैतन्य पाठशाला तेक्वान्दो डोजाङको दोस्रो वार्षिकोत्सवको अवसरमा खेलाडिलाई पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कृत हुनेमा आयुष्मान सिंह, पुष्प बम, सम्राट खड्का, आदेश खड्का, विपिन बोहरा, अङ्कुश विष्ट रहेका छन् । यसैगरी, किशोर खड्का, सागर थापा, गौतम भट्ट, विराज बोहरा, विवेक विष्ट, केडी शाही र वर्षा कुँवर पनि पुरस्कृत भएका छन् । 

त्यस्तै, अनुशासित खेलाडीको सम्मान पवननाथ योगी र समर्पित खेलाडीको सम्मान नेत्र कार्कीले प्राप्त गर्नुभयो । चैतन्य पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले पढाइको अतिरिक्त व्यक्तित्व र क्षमता विकास आवश्यक रहेको भन्दै खेलले आत्मविश्वास बढाउने गरेको बताउनुभयो । “आत्मविश्वास बढेमा आदर्श नागरिक बन्न प्रेरणा मिल्ने छ” उहाँले भन्नुभयो ।