• २३ असार २०८१, आइतबार

सुन तोलामा एक हजार छ सयले बढ्यो

blog

काठमाडौँ,  असार २०  गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु. एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु. एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । 

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु. एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु. एक लाख ४३ हजार छ सय तोकिएको छ  ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु. ४० ले बढेको छ । बुधबार प्रतितोला रु. एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु. एक हजार आठ सय ६५ निर्धारण भएको छ ।  रासस