• २१ असार २०८१, शुक्रबार

अस्पताल स्तरोन्नति योजना अन्योलमा

blog

बुलबुले समाचारदाता

सुर्खेत, असार १९ गते । प्रदेश सरकारले पञ्चपुरी नगरपालिका–२ मा रहेको स्वास्थ्य केन्द्रलाई शय्या थपेर सेवा विस्तार गर्ने योजना अघि सारे पनि बजेटको अभावका कारण उक्त योजना अन्योलमा परेको छ । सो स्थानमा सङ्घीय सरकारको लगानीमा १५ शøयाको अस्पताल निर्माण भइरहेको छ । 

प्रदेश सरकारको लगानीमा ५० शय्याको अस्पताल निर्माण गर्ने भनिएको थियो । १५ शय्या हुँदै ५० शय्यामा स्तरोन्नति गर्ने योजना अलपत्र परेको हो । आगामी आर्थिक वर्षको बजेट कटौती भएसँगै अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको हो । आगामी आव २०८१/८२ मा बजेट काटिएपछि अस्पताल स्तरोन्नतिको काम अन्योलमा परेको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकारले आफ्नो मातहतमा राख्ने गरी अस्पताल स्तरोन्नतिको योजना अघि सारेको हो । दुई आवमा बजेट विनियोजन गरेको सरकारले आगामी आवको बजेट कटौती गरेको छ । आव २०७९/८० मा बजेट विनियोजन गरेर अस्पताल स्तरोन्नतिको कार्य अघि बढाइएको थियो । उक्त आवमा अस्पताल निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको भए पनि कार्यान्वयन भएन । बजेटको स्रोत सुनिश्चित नहुँदा उक्त बजेट कार्यान्वयन हुन नसकेको नगरपालिकाले जनाएको छ ।

चालु आव २०८०/८१ मा पनि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । चालु आवमा समेत बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुन सकेको छैन । पञ्चपुरी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत तयार पारिसकेको छ ।

अघिल्ला आवमा पनि न्यून बजेट विनियोजन हुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । आगामी आवका लागि बजेट नै कटौती हुँदा अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको नगरपालिकाका प्रमुख लालबिर भण्डारीले बताउनुभयो । उहाँका अनुसार अघिल्ला दुई आवमा समेत न्यून बजेट विनियोजन र स्रोत सुनिश्चित नहुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । आगामी आव २०८१/८२ मा बजेट नै कटौती हुँदा अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको भण्डारीले जानकारी दिनुभयो । 

चालु आवमा ५० शय्याको अस्पताल स्तरोन्नतिको प्रक्रिया सुरु भएको थियो । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य अनुसार अस्पताल स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो । अस्पताल निर्माण योजना बहुवर्षीयमा नगएको र स्रोत सुनिश्चितता नहुँदा बजेट कार्यान्वयन हुन नसकेको नगरप्रमुख भण्डारीले बताउनुभयो । 

प्रदेश सरकारले चालु आवमा ५० शय्याको अस्पताल निर्माण गर्न थप तीन करोड बजेट विनियोजन ग¥यो तर कार्यान्वयन भने भएको छैन । १६ रोपनी जग्गा अस्पतालको नाममा गरिसकिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

चवन्न करोड लागत अनुमान

नगरपालिकाले निर्माण गरेको डिपिआर अनुसार ५४ करोडको लागत अनुमान रहेको छ । प्रदेश सरकारले न्यून बजेट विनियोजन गर्ने र बजेट नै कटौती गरेसँगै अस्पताल स्तरोन्नतिको योजना असफल बनेको हो । सो अस्पताल सुर्खेतको पश्चिम क्षेत्रका नागरिकको आवश्यकतासँग जोडिएको विषय भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको नगरप्रमुख भण्डारीले बताउनुभयो  । योजना बोकेर प्रदेश सरकारसँग धाइरहेको उहाँको भनाइ छ ।