• १९ असार २०८१, बुधबार

अख्तियारद्वारा टेकबहादुर गुरुङविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन

blog

काठमाडौं, असार १७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा टेकबहादुर गुरुङविरुद्ध भ्रष्टाचारको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगको सोमबार भएको निर्णय अनुसार सर्वोच्चमा मुद्दा पुनरावेदन भएको छ ।

प्रतिनिधि सभामा निर्वाचन ऐन, २०७४ बमोजिम प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन योग्य भई संविधानको धारा ८८ बमोजिम शपथ लिई संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको, अन्य कुनै कानुनले उम्मेदवार हुन अयोग्य नभएको तथा निलम्बन गर्दाको समयको परिस्थितिमा कुनै परिवर्तन नआएको रिटको ब्यहोरामा उल्लेख भएको आयोगले जनाएको छ ।

सो अवस्थामा निर्वाचन क्षेत्रका जनताको भावनाको प्रतिनिधित्व हुन नसकेको, विकास निर्माण लगायतका कार्यहरू अवरुद्ध भएको लगायत विपक्षीको गैर संवैधानिक त्रुटिपूर्ण निर्णय, पत्राचार तथा निलम्बन गर्ने सूचना सम्मानित अदालतबाट उत्प्रेषणको ओदशद्वारा बदर गरी विपक्षीका नाममा परमादेश लगायतका चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाउ भन्ने ब्यहोरा रिट निवेदन पेस भएको आयोगले जनाएको छ ।