• २२ असार २०८१, शनिबार

बबई नदीले बगाउँदा बेपत्ता महिला मृत फेला

blog

लीलाधर वली
घोराही, असार १९ गते । 
दाङमा बबई नदीले बगाउँदा बेपत्ता भएकी महिला मृत भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ मटेरास्थित आफन्तको घर जाने क्रममा नदी तर्न खोज्दा बुधबार बिहान बेपत्ता हुनुभएको १९ वर्षीया सृजना चौधरी दिउँसो मृत फेला पर्नुभएको हो ।

नदीले बगाएर बेपत्ता हुनुभएको चौधरीको शव दिउँसो १ बजेतिर दंगीशरण गाउँपालिकाको बैबाङ पुल नजिकै फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ  ।

प्रहरी निरीक्षक थापाका अनुसार दाङमा मङ्गलबार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँ निवासी ५१ वर्षीय ताराकुमारी गुरुङको मृत्यु भएको थियो ।