• २४ असार २०८१, सोमबार

खोटाङलाई पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा

blog

ताप्लेजुङका महिला फुटबल खेलाडी।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २१ गते। खोटाङमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ सेमिफाइनलमा पुगेको छ। शुक्रबार भएको खेलमा आयोजक खोटाङलाई ४–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा पुगेको हो। 

खोटाङको बुइपा रंगशालमा हुँदै आएको क्वाटरफाइनलमा खोटाङविरुद्ध पहिलो हाफमा ताप्लेजुङका तर्फबाट डोल्मा शेर्पाले गोल गर्नुभएको थियो। खेल अवधिभर खोटाङलाई दबाबमा राखेको ताप्लेजुङले दोस्रो हाफमा ३ गोल ग¥यो। दोस्रो हाफमा विनिता खबास, सुस्मा लिम्बू र अनुषा लिम्बूले गोल गर्नभयो।

खोटाङका खेलाडीहरु गोल गर्ने निरन्तर प्रयास गरे पनि सफल बन्न सकेनन्। यसरी खोटाङविरुद्ध ताप्लेजुङले सहज जित हासिल गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो। कोशी प्रदेशका १४ वटै जिल्ला सहभागी रहेको प्रतियोगिता असार २५ गते सम्पन्न हुने बताइएको छ।