• १३ असोज २०८१, आइतबार

पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

blog

काठमाडौँ, असार १२ गते । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा मङ्गलवार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ७ वर्षीया नातिनी इच्छा गुरुङ र ५ वर्षीया नातिनी नम्रता गुरुङ रहेको बताउनुभयो । बेपत्ताको शव स्थानीयबाट खोजी भई रहेको र घटना स्थलमा सुरक्षाकर्मीहरू आइ नपुगेको वडा सदस्य गुरुङले घटनास्थलबाट जानकारी दिनुभयो । 

करिब तीन सय मिटर लामो पहिरोमा परी तीन घर बगाएको छ । स्थानीय मित्र घले, मित्रमान गुरुङ र होमबहादुर गुरुङको घर बगेको हो । पहिरोमा परी लाखौँको क्षति पुगेको तर यकिन गर्न भने बाँकी रहेको घलेले जानकारी दिनुभयो ।