• ३० असार २०८१, आइतबार

सत्ता समीकरण बदलिने सम्भावना छैन : महासचिव पोख्रेल

blog

शालिक अनावरण कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेल ।

गोकर्ण पौडेल

तुलसिपुर, असार ८ गते। नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले सत्ता समीकरण बदलिने कुनै सम्भावना नरहेको  बताउनुभएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा नेकपा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रममा महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४ को निर्वाचन पछिसमेत कायम रहने बताउनुभयो।

उहाँले देशमा बलियो राजनीतिक शक्ति निर्माणमा दलहरू लाग्नुपर्ने बताउनुभयो। महासचिव पोख्रेलले  जनताका माग र आवश्यकता  पुरानै दलबाटमात्रै सम्भव रहेको बताउनुभयो। उहाँले श्रीमणि आचार्यले दाङको शिक्षा,राजनीतिक तथा सामाजिक आन्दोलनमा  नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो। नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले दाङ समग्र विकासमा टेवा पुर्‍याउने  टरिगाँउ विमानस्थलको धावनमार्ग विस्तारमा सबैको ध्यान पुगेको बताउनुभयो। 

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोख्रेलले सातवटै प्रदेशमध्ये लुम्बिनीले मात्रै संरचना निर्माणको कामलाई अघि बढाएको बताउनुभयो। उहाँले दाङको सिचाई र खानेपानी दीर्घकालीन समाधानका लागि ग्वारखोला जलाशयलाई अघि बढाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरीले राजनीतिक स्थायित्वका लागि बलिया शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले दाङको विकासमा सम्पूर्ण एकजुट हुनुपर्ने बताउनुभयो। 

२०५१ सालमा निर्वाचनका क्रममा बिजौरीमा गोली चल्दा घाइते भएका नेकपा (एमाले)का तत्कालीन जिल्ला कमिटी सचिव श्रीमणि आचार्यको २०६४ पुस ३ मा उपचारका क्रममा निधन भएको थियो। जनस्तरबाट रकम सङ्कलन गरेर सालिक निमार्ण गरिएको थियो।