• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा

काठमाडौँ, असार ६ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिनुहुनेछ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्रीहरुले प्रश्नको जवाफ दिने कार्यसूचि रहेको छ ।