• १२ असार २०८१, बुधबार

पर्यटकको आकर्षण बन्दै भुत्याहा झरना

blog

गुणबहादुर रोका 

सुलीकोट, असार ४ गते । गोरखा नगरपालिकामा रहेको भुत्याहा झरना पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाको बिच भागमा रहेको भुत्याहा खोला मध्यपहाडी लोक मार्गबाट यात्रा गर्ने मानिसहरु प्राय झरनाको अवलोकन गरेका छन् । 

गोरखा नगरपालिकाको–२ अरखौता पैबामा रहेको २०० वर्ष पुरानो बाघ भैरब मन्दिरबाट नजिकै रहेको यो झरना ५० मिटर अग्लो छ । प्रख्यात झरनामा दिनको ठीक १२ बजे मान्छे रोएको आबज सुनिने गरेको साथै त्यस झरना वरीपरी कुना र काप्चामा भुत आश्रमा भएकाले पनि त्यस झरनालाई भुत्याहा झरना भन्ने गरेको वडा न २ का वडा अध्यक्ष रमतुल्य मियाँको भनाइ छ । फरक भुगोल कुना र काप्चामा भएको रमणिय भिरको छाँगोबाट झर्ने पानीले पर्यटको मन लोभ्याउने गरेको छ । 

खासगरी गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् । भुत्याहा झरना वरीपरी दुई वटा रुवा छन् जसमा एउटा भुत्याहा छाँगा रुवा र रुन्चेतर छाँगा रुवा गरी दुईबटै रुवामा भुत बस्ने आश्रम जस्तै रहेको छ । 

गोरखा नगरपालिकाको कार्यालयबाट झण्डै १८ किलोमिटर टाढा रहेको यो झर्नालाई गोरखा नगरपाकिाले आगमी नगरसभाबाट बजेट व्यवस्थापन गरी त्यसको संरक्षणमा आवश्यक बजेट विनियोजन गरिने गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार भुत्याहा झरना पर्यटकको रोजाईको पर्ने पर्यटकिय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । मेयर रानामगरले भन्नुभयो, “आज भोली दैनिक दर्जनौ मानिस भुत्याहा झरना पुग्ने गरेका छन् । हामीले यसको विकास तथा संरक्षणमा ध्यान दिएका छौं । यसको थप विकास तथा विस्तारमा भावि दिनमा काम गर्ने योजना छ ।”

त्यस झरनाले गोरखा नगरपालिकालाई पर्यटकिय गन्तव्य बनाउन सहयोग पुग्ने विश्वास लिएको छ । गोरखा नगरपालिका प्रकृति स्रोत तथा पर्यटकिय क्षेत्रको धेरै सम्भावना भएको नगरपालिका भएकाले यसलाई आगमी दिन पर्यटनसँग जोडेर अघि बढाउने निर्णय भएको गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत बिजयभक्त उपाध्याले जानकारी दिनुभयो । 

भुत्याहा भरना क्षेत्र गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका मुख्य सेन्टर तथा मध्यपहाडी लोकमार्ग भएकाले पनि पर्यटकहरु धेरै भन्दा धेरै आउने गरेका गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुबेदीको भनाइ छ ।