शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, असार २ गते। आम जनता पार्टीको आइटी आर्मीले वैदेशिक रोजगार विभागमा प्रदर्शन गरेको छ।
आजपाका प्रवक्ता एवम् आइटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भूषण साहले वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन तथा वैदेशिक रोजगारका क्षेत्रमा असुल भएको अवैध रकम फिर्ता गराउन माग रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “पाँच, दश हजारको रसिद दिएर दुईदेखि दश लाखसम्म असुली भइरहेको छ, यो फिर्ता दिलाउनपर्यो। विदेशमा अलपत्र परेकालाई उद्धार गराउन, फ्रि भिसा, फ्रि टिकट नारामा मात्र होइन व्यवहारमा उतार्नुपर्छ। यसका लागि हाम्रो सङ्घर्ष जारी रहन्छ भनेर हामीले विगतमा पनि सम्माननीय प्रधानमन्त्री ज्युलाई ज्ञापनपत्र बुझाएका थियौँ।”
सरकारले आश्वास मात्र दिएको र मागप्रति बेवास्ता गरेका कारण दोस्रो चरणको सङ्घर्ष गर्नुपरेको उहाँको भनाइ छ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                