• १० कात्तिक २०८१, शनिबार

फोर्स गाडीको ठक्करबाट मोटरसाइकल चालक घाइते

blog

इमानसिं राना
रामपुर (पाल्पा), जेठ ३१ गते ।
कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका–८ मा फोर्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रामपुर नगरपालिका–८ झेरुछाप बस्ने ६३ वर्षीय खेमबहादुर सारुमगर घाइते हुनुभएको हो ।

झिरछापबाट रामपुर बेझाँडतर्फ आउँदै गरेका ना १३ प ८९२९ नम्बरको मोटरसाइकललाई रामपुरबाट बुटवलतर्फ गइरहेको ग२ख १७३७ नम्बरको फोर्स गाडीले बिहीबार बिहान भुजातमा ठक्कर दिएको थियो । घाइते हुनुभएका सारुलाई रामपुर अस्पताल पठाइएकोमा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।