• ९ मंसिर २०८१, आइतबार

चट्याङ लागेर दुई भैँसी मरे

blog

तिरिङ्गेमा चट्याङ लागेर मरेका भैँसी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा चट्याङ लागेर दुई माउ भैँसी मरेका छन् । जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा मङ्गलबार राति चट्याङ लागेर दुईवटा भैँसी मरेका हुन् ।

तिरिङ्गेका वडाध्यक्ष पूर्णबहादुर तिवारीका अनुसार स्थानीय सन्तबहादुर भट्टराईले पालेका दुई वटा भैँसी चट्याङ लागेर मरेका छन् । चट्याङ लागेर भैँसी मर्दा एक लाख १० हजारका दरले दुई लाख २० रुपियाँ बराबरको क्षति भएको वडाध्यक्ष तिवारीले बताउनुभयो । उहाँका अनुसार भट्टराईका छोरी विनीता चट्याङ लागेर सामान्य घाइते हुनुभएको छ । 

घाइते विनीताले तिरिङ्गे स्वास्थ्य चौकीमा उपचार गराउनुभएको बताइएको छ । राति करिब १ः३० बजेतिर वर्षा र मेघ गर्जनसहित चट्याङ परेको स्थानीय विजय डाँगीले जानकारी दिनुभयो ।