• १२ साउन २०८१, शनिबार

हेडसनेपालद्वारा ३९ थान झोला वितरण

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ ३० गते ।
हेडस नेपाल गोरखाले गोरखा नगरपालिका – १२ मा रहेको शान्ति प्राथमिक विद्यालयका ३९ जना बालबालिकालाई झोला र खाजा वितरण गरेको छ ।

शिक्षा स्वास्थ्य र वातावरण तथा कृषि सहयोग गर्दै आएको हेडसनेपालले जिल्लामा भएका विपन्न, दलित असहाय, अपाङ्गा भएका विद्यालका बालबालिकालाई बुधबार सहयोग गरिएको हेड्स नेपालका अध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदरमुकाम नजिकै भए पनि निमुखा र  विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने विद्यालय भएकाले हेडस नेपालले सहयोग गरेको उहाँले बताउनुभयो ।

गरिबीका कारण कुनै पनि बालबालिका पढ्ने वातावरणबाट नछुटुन् भन्ने उद्देश्यसहित जहाँ दलित, विपन्न र कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई किताब कापी कलम झोलाबाट वञ्चित भएका छन् त्यस विद्यालयमा सम्बन्धित निकायको डाटाबाट सहयोग गरिएको हो । 

शान्ति प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई खाजा, लत्ताकपडा, कापी कलम सहयोग हुँदै आएको साथै आगामी दिनमा निरन्टर सहयोग गरिने हेडस नेपालका सचिव सुदीप उपरकोटीकाे भनाइ छ ।