• १२ साउन २०८१, शनिबार

शैलेन्द्रलाई सम्मान

blog

काठमाडौँ, जेठ ३० गते । शङ्खधर साख्वाः स्मृति केन्द्रले बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान वज्राचार्यलाई सम्मान गरेको छ । 

केन्द्रका अध्यक्ष राजभाइ जकःमिले राष्ट्रिय विभूति शङ्खधर शाख्वाःको पूर्ण कदको सालिक राख्नेबारे मन्त्री वज्राचार्यसँग अनुरोध गर्नुभएको थियो । सो प्रस्तावबारे आफू सकारात्मक भएको मन्त्री वज्राचार्यले बताउनुभयो । नेवाः नखः संस्था न्युयोर्कका अध्यक्ष डा. नरेश शाक्यले विदेशमा बस्ने नेपालीलाई नेवार जातिको चाडपर्वबारे जानकारी दिन आफूहरूले पहल गरिरहेको बताउनुभयो ।