• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सरकारमा बने ११ मन्त्री

blog

प्रकाशविक्रम शाह

धनगढी, जेठ २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्नुभएको छ । अब प्रदेश सरकार ११ सदस्यीय भएको छ ।

यसअघि डेढ महिनासम्म मुख्यमन्त्री र दुई मन्त्री गरेर तीन जना सरकारमा सहभागी हुनुहुन्थ्यो । सरकारमा आज सामेल हुनेमा नेकपा (एमाले) का सुरेन्द्र पाललाई आर्थिक मामिला, नेकपा (माओवादी) का ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रालय, स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

यसैगरी एमालेका वीरबहादुर थापा, हीरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र समाजवादीका माया पन्तलाई विनाविभागीय मन्त्री हुनुभएको छ । विनाविभागीय मन्त्रीहरुमा सिफारिस गरिएका स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले भने सरकारमा जान अझै तयार नभएको बताउनुभएको छ ।  मन्त्री धेरै बनाउनु ठिक नभएको बताउदै उहाँले सरकारमा सामेल हुन तयार नहुनुभएको हो ।  

सुदूरपश्चिममा विगतमा सात मन्त्रालय र चार राज्यमन्त्री बनाउने गरिएको थियो । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजे पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री सोडारीले बताउनुभयो ।