• ९ मंसिर २०८१, आइतबार

मधेश प्रदेश सभाको बैठक : दुई वटा विधेयक दफावार छलफलमा पठाउने निर्णय

blog

प्रदेश सभाको बसेको बैठक । तस्बिर :धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, जेठ २२ गते ।
 मधेश प्रदेश सभाको बैठकले दुई वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको छ ।

मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको मङ्गलबार बसेको दोस्रो बैठकमा सो निर्णय सर्वसम्मत गरेको हो । सभाको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र बाल अधिकार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सर्वसम्म निर्णय भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभयो ।

प्रदेश सभा बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेको तर्फबाट खेलकुद तथा समाज कल्याणमन्त्री सरिताकुमारी साहले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र बाल अधिकार ऐन, २०७७  लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलको लागि समितिमा पठाइयोस् भने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत दुईवटै प्रस्तावको पक्षमा सर्वसम्मत निर्णय भएको सभामुख मण्डलले जानकारी दिनुभयो । प्रदेश सभाको अर्को बैठक भोली बुधबार ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।