• १२ साउन २०८१, शनिबार

विद्यार्थीलाई शैक्षिक सामग्री

blog

गुल्मी समाचारदाता
गुल्मी, जेठ २२ गते ।
गुल्मीको एक विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७, भुजेलखर्कस्थित सृजना प्राथमिक विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

१९ औं राष्ट्रिय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा यस जिल्लामा गठित दलित महिला सङ्घले यस विद्यालयका दलित समुदायका विद्यार्थीहरुलाई कापी, कलम, इरेजर, कटरलगायतका विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । यस दिवसको अवसरमा दलित समुदायका बालबालिकाहरुले अध्ययन गर्ने विद्यालयमा गएर अहिले शैक्षिक सामग्री वितरण गरिएको दलित महिला सङ्घ गुल्मीका सचिव विष्णु विश्वकर्माले बताउनुभयो ।

विद्यालय क्षेत्रबाट समाज परिवर्तनका लागि चेतनाको विकास गर्न आवश्यक रहेको भन्दै समाजमा अझै पनि जातीय छुवाछूत रहेको जिल्ला समन्वय समिति गुल्मीका पूर्वसदस्य उमा चुँदराले बताउनुभयो । उहाँले समाजमा जातीय छुवाछूतको अन्त्यका लागि सबै पक्षको साथ आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस यस वर्ष फरक तरिकाले मनाएको भन्दै समाज परिवर्तनको पहिलो आधार शिक्षा भएको दलित महिला सङ्घ गुल्मीका अध्यक्ष कमला बरालले बताउनुभयो । बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेर अध्ययनमा सहज बनाइदिएको भन्दै सृजना प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा पनि विद्यालयमा यस्ता कार्यक्रम लिएर आउन उहाँले आग्रह गर्नुभयो ।