काठमाडौँ, जेठ १८ गते । भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्र ‘छक्कापन्जा–५’ बिहीबार शुभमुहूर्त गरिएको छ । चलचित्रमा वर्षा सिवाकोटी, दीपकराज गिरी र केदार घिमिरेको मुख्य भूमिका रहेको छ ।
चलचित्रको छायाङ्कन शुक्रबारदेखि हुने र काठमाडौँ, पोखरा गरी ४५ दिनमा छायाङ्कन सक्ने जनाइएको छ । छक्कापन्जा–५ को निर्देशन दीपाश्री निरौलाले गर्नुहुने छ । चलचित्रले अर्थ सामाजिक आयामलाई व्यङ्ग्यमा उतार्ने छ । आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा सो चलचित्र निर्माण गर्न लागिएको हो ।