• १२ साउन २०८१, शनिबार

गर्मी बढेपछि विद्यालय बन्द

blog

जनार्जन खत्री

सर्लाही, जेठ १७ गते । अत्यधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि सर्लाहीका स्थानीय तहले धमाधम विद्यालयमा बिदा दिन थालेका छन् । चर्को घाम, तातो हावा र उच्च तापक्रमले विद्यार्थी बेहोस हुने, पढ्न मन नगर्ने र विद्यालय नै आउन छाडेपछि पालिकाले धमाधम सूचना जारी गरी बिदा दिन थालेको हो । 

लालबन्दी नगरपालिकाले सूचना जारी गरी अर्को सूचना जारी नहुन्जेल विद्यालय बन्द रहने उल्लेख गरेको छ । नगरप्रमुख बासुदेव अधिकारीले अधिक गर्मीका कारण बालबालिकालाई विद्यालय आउन जानै समस्या भएपछि विद्यालय बन्द गरिएको बताउनुभयो । उहाँले तापक्रम कम नहुन्जेल विद्यालय नखुल्ने बताउनुभएको छ । 

बरहथवा नगरपालिकाले पनि बिहीबारदेखि चार दिनका लागि विद्यालय बन्द गरेको छ । नगरप्रमुख कल्पनाकुमारी कटुवालले आइतबारसम्मका लागि नगरभित्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयमा बिदा दिइएको जानकारी दिनुभयो ।