• १३ साउन २०८१, आइतबार

१६ जिल्लाका सीडीओका सरुवा (सूचीसहित)

blog

काठमाडौँ, जेठ १७ गते । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ ।

उपप्रधान एवम् गृहमत्री रवि लामिछानेको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापना तथा सरुवा गरिएको हो ।

सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, नवलपरासी पूर्वमा अरुण पोखरेल र पाँचथरको प्रमुख जिल्ला अधिकारीमा विष्णुप्रसाद कोइरालालाई पदस्थापन गरिएको छ ।

पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्यप्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ ।

भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायणप्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेखबहादुर मग्रातीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, गृह मन्त्रालयअन्तर्गत १६ जना प्रजिअसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।