• १२ साउन २०८१, शनिबार

भौतिक पूर्वाधारमा एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन

blog

काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड रुपियाँ विनियोजन गरेको छ ।

मङ्गलबार बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।

काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ । त्यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि तीन अर्ब ६८ करोड र हुलाकी राजमार्गमा तीन अर्ब ३० करोड रुपियाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाभित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।