• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड

blog

काठमाडौँ, जेठ १५ गते। सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि दश करोड रुपियाँ विनियोजन गरेको छ। 

सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगार उन्मुख शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न सो रकम विनियोजन गरिएको बताउनुभयो। 

महिलाविरुद्ध हुने हिंसा, शोषण, भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सिर्जना गरिनेछ। आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रूपमा मनाइने उहाँले  बताउनुभयो। 

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम तथा ग्रामीण क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्वारलाई थप प्रभावकारी बनाइने छ। 

राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमको पुनर्संरचना गरी आर्थिक सशक्तीकरणको कार्यक्रम सञ्चालन गरिनेछ।