• १२ साउन २०८१, शनिबार

उद्योग मन्त्रालयका लागि नौ अर्ब २८ करोड रकम विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि नौ अर्ब २८ करोड रकम विनियोजन गरेको छ ।

मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्नुहुँदै अर्थमन्त्री पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि नौ अर्ब २८ करोड रकम विनियोजन गरेको बताउनुभयो ।

उहाँले सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रलाई नेपाली गलैँचा कोरिडोरका रूपमा विकास गर्ने योजना बनाएको बताउनुभयो । उहाँले सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

अर्थमन्त्री पुनले प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि कोरिडोर, जुम्लाको हिमा नदी र तीला नदी आसपासका क्षेत्रलाई मार्सी धान कोरिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसपासका क्षेत्रलाई माछा कोरिडोरका रूपमा विकास गरिने बजेटमा उल्लेख गर्नुभयो ।