• १२ साउन २०८१, शनिबार

रेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड बजेट विनियोजन

blog

बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुन । तस्बिर : केशब गुरुङ

काठमाडौँ ,जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा रेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि केरुङ् काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्नुका साथै रेलमार्गको विकासका लागि तीन अर्ब ८८ करोड बजेट विनियोजन भएको बताउनुभएको हो ।