• १२ साउन २०८१, शनिबार

वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था : अर्थमन्त्री पुन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री वर्षमान पुनले वन डढेलो नियन्त्रणका लागि उपकरण खरिद र जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकमको व्यवस्था गरिएको बताउनुभएको हो ।

मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बोल्नुहुँदै उहाँले कार्बन व्यापारबाट प्राप्त रकम जलवायु परिवर्तनले जोखिममा परेका समुदायको राहतमा लागि खर्च गरिने पनि बताउनुभयो ।

त्यसैगरी, सरकारले वन अतिक्रमण नियन्त्रण तथा वृक्षारोपणका कार्यक्रम सञ्चालन गरी वन विनाश तथा क्षयीकरणमा कमी ल्याउने पनि योजना तय गरेको छ ।

अर्थमन्त्री पुनले कोशी र कर्णाली प्रदेशको वन कार्बन आङ्कलन गरी रेड कार्यक्रमलाई निरन्तरता दिइने जानकारी समेत दिनुभयो ।