• १२ साउन २०८१, शनिबार

उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड विनियोजन

blog

काठमाडौं, जेठ १५ गते । सरकारले उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

विश्वविद्यालय एकरुपता गर्न अनुगमन गर्न, मापदण्ड निधारण अनुसन्धान प्रभावकारी गर्न सरकारले २१ अर्ब ४५ करोड विनियोजन गरेको बताउनुभयो ।