• ३ असार २०८१, सोमबार

मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता

blog

सर्वोच्च अदालत । फाइल तस्बिर

काठमाडौँ, जेठ १४ गते । सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पेस भएको रिट निवेदन दर्ता गरिएको छ । सहकारीको रकम अपचलनमा संलग्न रहेको जिकिर गर्दै अधिवक्ता अनुपम भट्टराईले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपिठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो । 

उक्त रिट निवेदनमाथि यही जेठ १६ गते सुनुवाइका लागि पेशी तोकिएको छ । रिट निवेदनमा सहकारी ठगी प्रकरणमा जोडिएका भनिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको मागसमेत गरिएको छ । रासस