• ३ असार २०८१, सोमबार

‘बाटो’ को ट्रेलर सार्वजनिक

blog

काठमाडौँ, जेठ १४ गते । नेपाली, अङ्ग्रेजी, तामिल र हिन्दी भाषामा निर्माण भएको चलचित्र ‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा मदन थापाको लेखन तथा निर्देशन रहेको छ । दुई मिनेट ३४ सेकेन्डको ट्रेलर थ्रिलर शैलीको छ । ट्रेलरमा जङ्गलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रले बेहोरेको समस्यालाई देखाइएको छ । एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ । यसबाहेक ट्रेलरमा जङ्गलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित र दुःख दिएको छ भन्ने दृश्य देखाइएको छ । चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्दलगायतको अभिनय रहेको छ ।