• ३ असार २०८१, सोमबार

नारायणगढ-मुग्लिन सडकमा पहिरो, एकको मृत्यु

blog

शालिग्राम नेपाल 

चितवन, जेठ १३ गते । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिक पहिरो खसेर मेसिन अपरेटरको मृत्यु भएको छ । आइतबार बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हाे । 

मृत्यु हुनेमा बर्दिया गेडुवा गाउँपालिका-४ घर भएका ३८ वर्षीय मङ्गल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिका-५ मा पर्ने तुइन खोलामा पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुङ्गासहितको पहिरो खस्दा गम्भीर घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो।