• १५ असार २०८१, शनिबार

चट्याङ लागेर २ जनाको मृत्यु

blog

जानु पाण्डे

कपिलवस्तु, असार १२ गते । कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।

मृत्यु हुनेमा यशोधरा गाउँपालिका –६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका –१० धनकौलीका १७ वर्षको राजु ठाकुर छन् । दुवै जनाको शव मुचुल्का उठाइ पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।