• १६ असार २०८१, आइतबार

टी-२० विश्वकप : इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

blog

फाइल तस्बिर ।

गयाना, असार १४ गते । साविक विजेता इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गयानामा बिहीबार राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले सजिलै हरायो । भारत तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

भारतले दिएको एक सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । 

इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले २५ रन बनाउनुभयो । यस्तै ओपनर जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लिम लिभिङस्टोन ११ रन बनाउनुभयो । 

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले तीन तीन विकेट लिनुभयो । जसप्रित बुम्राहले दुई विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो ।

भारतका लागिओपनर एवं कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाउनुभयो । यस्तै सूर्यकुमार यादवले ४७, हार्दिक पाण्डेयले २७, रविन्द्र जडेजाले १७ र अक्षर पटेलले अविजित १० रन बनाउनुभयो । 

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिनुभयो । रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले एक एक विकेट झार्नुभयो । 

फाइनलमा भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै पहिलो पट फाइनलमा पुगेको हो । भारतले भने सन् २००७ मा विश्वकप जितेको थियो ।