• ३ असार २०८१, सोमबार

देउवालाई भेट्न प्रधानमन्त्री बुढानीलकण्ठमा

blog

काठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुग्नुभएको छ । उहाँहरूबिच सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै काँग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । आइतबार बोलाइएको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।