• ३ असार २०८१, सोमबार

प्राचीन तिलौराकोटमा प्रसुती उत्सव

blog

बुद्धजन्म स्थल लुम्बिनीबाट–प्राचीन तिलौराकोट कपिलवस्तु रथ यात्रामा ल्याइएको शिशु बुद्ध । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), जेठ ११ गते । राजा शुद्धोधनको राज दरवार एवम् सिद्धर्थ गौतमको गृह नगर प्राचीन तिलौराकोटमा २५६८ औं बुद्ध जयन्ती एवम् प्रसुती उत्सव मनाइएको छ ।

सोही क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शुक्रवार शिशु बुद्ध सहीत लुम्बिनीबाट कपिलबस्तुको तिलौराकोट सम्म रथ यात्रा निकालिएको हो । लुम्बिनी विकास कोषका सदस्य राम नरेश कोहार, परिषद् सदस्य गोपी कृष्ण शर्मा लगायतको टोली शुक्रबार बिहानै बेवी बुद्ध लिन लुम्बिनीको मायादेबी मन्दिरमा पुगेको थियो ।

शिशु बुद्धलाई बुद्धको क्रिडा स्थल तिलौराकोट ल्याइएको हो । सो यात्रा टोलीले शिशु बुद्धलाई बुद्धजन्तीको अर्को दिन अर्थात शुक्रवार तिलौराकोट पुर्‍याएएकाे हो । लुम्बिनी विकास कोषले बुद्ध जन्मिए पछि अर्को दिन उहाँलाई राजधानी कपिलवस्तु ल्याउदाको झल्को दिने गरी बेबी बुद्धलाई राखेर २६ किमीको भव्य यात्रा निकालेको हो ।

२०७० सालदेखि बुद्ध जयन्तीको अवसरमा सो यात्रा निकाल्ने गरिएको थियो । कोरोनाका कारण २०७७ र २०७८ मो सो यात्रा रोकिएको थियो । २ अघि वर्षदेखि सो पुनः सो कार्यक्रम सुचारु गरिएको हो । बुद्धको जन्मथालो लुम्बिीमा बिहीवार बुद्ध जयन्ती र लुम्बिनी दिवस मनाइएको थियो ।

रथमा धातुको बेबी बुद्धको मुर्ति राखेर यात्रा गरिएको थियो । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै यो कार्यक्रमलाई प्रभावकारी रुमपा अघि बढाउनु पर्ने बताउनुभयो । सबै पालिकासँग समन्वय गरी यस्ता कार्यक्रमलाई भव्य रुपमा मनाउनु पर्ने उहाँको भनाइ छ ।

तिलौराकोटको विकासका लागि आफुले विगतमा सदनमा धेरै पटक आवाज उठाए पनि अझैसम्म पनि तिलौराकोटमा साेचे अनुसार विकास नभएको बताउनुभयो । उहाँले यसको विसका लागि कोषले ठोस कदम चाल्नु पर्ने बताउनुभयो । कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषले आउने वर्ष भव्य रुपमा यो कार्यक्रम मनाउने बताउनुभयो । तिलौराकोटलाई कोषले प्राथमिकतामा राखेर काम अघि बढाएको र केही बर्ष मै अब तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुने उहाँको विश्वास छ ।

लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले लुम्बिनीमा बुद्ध जयन्ती ताम झामका साथ मनाइरहँदा तिलौराकोटमा सामान्य कार्यक्रम गरिएको बताउनुभयो । तिलौराकोटको कागजमा मात्र विकास गरिदा त्यसले मुर्तरुप भने लिन नसकेको उहाँको भनाइ छ ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले राज्यले तिलौराकोटलाई प्राथमिकतामा नराख्दा यसको विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले तिलौराकोटको समग्र विकासका लागि राज्यले नै ठोस कदम चाल्नु पर्ने बताउनुभयो ।

बौद्ध ग्रन्थमा लेखिए अनुसार मायादेवी गर्भवती भएपछि दशौं महिनामा माईत देबदह जाने ईच्छा गरेकी थिईन । रम्य उद्यान लुम्बिनी पुगेपछि पालकीबाट र्ओलिएर प्राकृतिक सौन्दर्यको सुखानुभन गर्न नपाउँदै शारिरिक स्वभावमा परिवर्तन संगै शालको बृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन ।

यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देबदहमा हर्सोउल्लास भयो र सिंगो कपिलवस्तु सहर सिंगारेर चिटिक्क पारिएको थियो । सुत्केरी मायादेवी, शिशु सिद्धार्थ सहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन् । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसयालीमा घरघरबाट स्वागत गरेका थिए ।

सिंगो कपिलवस्तुमा कयौं दिनसम्म खुसियाली भएको स्मरण गर्दै रथ यात्रा गर्न लागेको बताइएको छ । कोषका सदस्य रामनरेश कोहारको अध्यक्षतामा र गोपीकृष्ण शर्माको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।