• ३ असार २०८१, सोमबार

दाङको कोइलावास नाका ७२ घण्टाका लागि बन्द हुने

blog

नेपाल–भारत सिमा क्षेत्रअन्तर्गत दाङको कोइलावास नाका । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, जेठ ११ गते ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दाङको कोइलावास नाका बन्द ७२ घण्टाका लागि बन्द हुने भएको छ ।

यहि जेठको १२ गते भारतमा हुन गइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सिमा नाका बन्द हुने व्यवस्था अनुसार कोइलावास नाका जेठको १२ गते राती १२ बजेसम्मका लागि बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत निमबहादुर केसीद्वारा हस्ताक्षरित सूचनामा जेठको १२ गते राती १२ बजेसम्म नेपाल–भारत सिमा क्षेत्रअन्तर्गतका सबै नाका बन्द हुने भएकाले आवातजावत नगर्न समेत सर्वसाधारण नागरिकलाई अनुरोध गरिएको छ ।