नैरोबी, जेठ ९ गते । भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित १६ लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घको राहत एजेन्सीले बुधबार जनाएको छ ।
राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले मे १७ सम्म बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा चार सय ७३ जनाको ज्यान गएको र झण्डै चार लाख १० हजार तीनसय ५० मानिस विस्थापित भएको बताइएको छ ।
यस क्षेत्रभरका मानवीय एजेन्सीहरूले खोज र उद्धार कार्यमा सरकारलाई सहयोग गर्न जारी राख्ने र आवश्यकता मूल्याङ्कनहरू सञ्चालन गर्ने, उपलब्ध स्टकहरू पूर्व–स्थितिमा राख्ने र तत्काल सहायता उपलब्ध गराउने ओसिएचएले बताएको छ ।
केन्याको राजधानी नैरोबीमा जारी गरिएको बाढीको अपडेटमा भनिएको छ, “भारी वर्षा र बाढी फैलिएपछि प्रतिक्रिया मापन गर्न थप कोष आवश्यक छ ।” रासस