• ८ मंसिर २०८१, शनिबार

ब्युटिसियन ट्यालेन्ट बनिन् शर्मिला

blog

काठमाडौँ, जेठ ३ गते । ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जित्नुभएको छ । बुढाथोकीले बेस्ट नेल आर्टको उपाधिसहित २५ हजार रुपियाँ पुरस्कार तथा उपहार प्राप्त गर्नुभएको छ ।

जमलस्थित नाचघरमा मङ्गलबार सम्पन्न प्रतियोगितामा मोस्ट ट्यालेन्ट अवार्डसहित निशा थापा प्रथम उपविजेता बन्नुभएको छ । बेस्ट हेयर स्टाइल अवार्डसहित अम्बिका तुलाधर अधिकारी द्वितीय उपविजेता हुनुभएको छ । बेस्ट हेयर केमिकल टेक्निसियन अवार्डसहित रजनी राई तृतीय उपविजेता हुनुभएको छ । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा आयोजित सो प्रतियोगिताको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गर्नुभएको थियो ।