• १२ साउन २०८१, शनिबार

लुम्बिनीमा अमेरिकी राजदूत थम्पसन

blog

बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणमा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन लगायत । तस्बिर सौजन्य : लुम्बिनी विकास कोष

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २९ गते । 
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ ।

लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आउनुभएको राजदूत थम्पसनले शुक्रबार बेलुका लुम्बिनीको भ्रमण गर्नुभएको हो ।

राजदूत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गर्नुभयो ।


राजदूतसहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्नुभएको जानकारी सचिव शाक्यले दिनुभयो ।

टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले बुद्धजन्मस्थल लुम्बिनीबारे राजदूत थम्पसनलाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भी, कोषका सदस्य सचिव शाक्य, जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, सूचना अधिकृत राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।