• ७ जेठ २०८१, सोमबार

निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य सम्पन्न

blog

लिमिटेडको शाखाको गोदाममा मौज्दात गरिएको खाद्यन्न । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख २७ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको खाद्यान्न आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा ढुवानी कार्य सम्पन्न भएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिनु र हेलिकोप्टरले उक्त खाद्यान्न ढुवानीको जिम्ममा पाएका कारण समयमै यो कार्य सम्पन्न भएको हो ।

लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले चालु आर्थिक वर्षका लागि निर्धारित हवाई तथा पैदल मार्गको खाद्यान्न ढुवानी गर्ने कार्य पूरा भएको जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष सम्पन्न हुन दुई महिना अगाडि नै तोकिएको कोटाको खाद्यन्न ढुवानी कार्य पूरा हुँदा निक्कै सहज भएको बताउनुभयो ।

लिमिटेडको ढुवानी अनुदानको सम्पूर्ण खाद्यान्न समयमै ढुवानी भएको हो । उहाँले यसवर्ष हवाई मार्गबाट १० हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएकोमा चार हजार क्विन्टल नेपालगन्ज र छ हजार क्वीन्टल सुर्खेत ढुवानी गरिएको बताउनुभयो ।

हेलिकोप्टरले सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँ र नेपालगन्जबाट प्रतिकेजी १४३ रुपियाँमा ढुवानी गरेको हो । यसवर्ष लिमिटेडका ढुवानी अनुदानको खाद्यान्न ढुवानी गर्ने कार्यको जिम्मा सिम्रिक एयरको हेलिकोप्टरले लिएको थियो ।

सुर्खेत तथा नेपालगन्जमा रहेको खाद्यान्न पैदल मार्ग भएर सर्केगार्ड गाउँपालिका– ६ को खानीखेतसम्म ढुवानी भएको आउनेगर्थ्याे । त्यसयता भने हेलिकोप्टर सिमकोट विमानस्थलसम्म ढुवानी गर्ने गरेको हो ।