• ६ जेठ २०८१, आइतबार

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

blog

सुर्खेतका मुख्यन्यायधीश लोहितचन्द्र शहलले पद तथा गोपनीयताको शपथ गराउनुहुँदै कर्णालीका नवनियुक्त मुख्य न्यायाधिवक्ता कृष्णबहादुर हमाल ।

नवीन सुवेदी

सुर्खेत, वैशाख २४ गते । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त हुनुभएको छ । उहाँलाई सोमबार मुख्यमन्त्री यामलाल कँडेलले सोमबार नियुक्त गर्नुभएको हो । हमालले पद तथा गोपनीयताको शपथ पनि लिएसक्नुभएको छ । 

प्रदेश प्रमुखको उपस्थितिमा हमाललाई उच्च अदालत सुर्खेतका मुख्यन्यायधीश लोहितचन्द्र शहलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्य न्यायाधिवक्तामा नियुक्त हमाल २०४३ सालदेखि सुर्खेतमा अधिवक्ताको रूपमा काम गर्दै आउनुभएको थियो भने २०७३ सालमा उहाँ वरिष्ठ अधिवक्ता बन्नुभएको थियो ।