• ५ जेठ २०८१, शनिबार

डाँफेमा विज्ञान प्रयोगशाला स्थापना

blog

डाँफेमा बिमा विज्ञान प्रयोगशालाका स्थापनापछि निरीक्षण गदै गाउँपालिका अध्यक्ष उपाध्यक्ष । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालिकोट, वैशाख २३ गते । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका-८ को एक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । साविकको मुम्रा गाउँ विकास समितिभरिको एक मात्र माध्यमिक विद्यालय डाँफेमा विज्ञान प्रयोगशाला स्थापना गरिएको हो ।

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ( किर्डाक) नेपालको बालिका प्रयोजनाले सुविधा सम्पन्न प्रयोगशाला स्थापना गरेको हो । सान्नीत्रिवेणी गाउँपालिका र किर्डाकको समन्वयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला सञ्चालनका लागि डाँफे माध्यमिक विद्यालय छनोट गरिएको हो ।

किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले स्थानीय सरकारले छनोट गरेको विद्यालयमा बालिका परियोजनाको सहयोगमा प्रयोगशाला सुरु गरिएको बताउनुभयो । न्यून आयस्राेत भएका र निजी स्राेतबाट सञ्चालनमा आएका माध्यमिक विद्यालयमा स्राेत अभावले गर्दा विभिन्न शैक्षिक सामग्रीको अभाव हुँदै आएको छ । 

विद्यालयले कक्षा १२ सम्म अध्यानपन गराउँदै आएको भएपनि स्राेत अभावले गर्दा विज्ञान विषयका कुनै पनि प्रयोगात्मक सामग्री यहाँ छैन । विद्यालयको चापलाई मध्यनजर गर्दै डाँफेलाई सुविधासम्पन्न विज्ञान प्रयोगशाला स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष माेहनबहादुर केसीले सहयोगी संस्था 'किर्डाक' नेपालको सहयोगमा प्रयोगशाला स्थापना गरिएको बताउनुभयो । नेपालमा आर्थिक मन्दीका कारणले गाउँपालिकामा पनि वजेटको दायरा सानो छ र गैरसरकारी संस्थाको सहयोग बिना केही काम गर्न पनि असहज हुँदै आएको अध्यक्ष केसीको भनाइ छ ।

विज्ञान प्रयोगशाला स्थापना गर्न डाँफे माध्यमिक विद्यालय पुग्नुभएका गाउँपालिका उपाध्याक्ष पार्वती सिहंले विद्यालयका भवन, स्वास्थ्यचौकीका भवन, खानेपानी, शौचालय लगायतका क्षेत्रमा किर्डाक नेपालले गरेको सहयोग सँधै सम्झिन लायकको भएको बताउनुभयो । जहाँ गए पनि 'किर्डाक'ले बनाएको भवन भन्ने गरिएको छ । पछिल्लो समय प्रविधिमा पनि सहयोग गर्न थालेपछि सरकारलाई पनि सहज भएको उपाध्यक्ष सिंहले सुनाउनुभयो । किर्डाक नेपालले विद्यालय, स्वास्थ्य संस्था, खानेपानीका साथै बालविवाह न्यूनीकरण, गुणस्तरिय शिक्षा, बालपोषणका क्षेत्रमा काम गर्दै आएको छ ।