• २२ वैशाख २०८१, शनिबार

राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुहुँदै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता । तस्बिर राष्ट्रपति कार्यालय

काठमाडौं, वैशाख ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार उहाँहरूबिच मंगलबार दिउँसो भएको भेटवार्तामा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ ।

यसका साथै दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ । 


भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी हुनुहुन्थ्यो । भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता थियो ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आइपुग्नुभएको हो । राष्ट्रपति पौडेलले कतारका अमिर शेखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।  विमानस्थलबाट राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट अमिर शीतल निवास पुग्नुभएको हो ।


तस्बिर : सुजन गुरुङ 

कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्नुहुने रात्रि भोजमा सरिक हुनुहुनेछ ।

यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्ता सुरु

विमानस्थलमा कतारका अमिर शेखको स्वागत (फोटो फिचर)

कतारका अमिर शेख काठमाडौँमा

नेपाल र कतारबिचका महत्त्वपूर्ण द्विपक्षीय सम्झौता

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

कतारमा पानी निर्यातको अवसर

अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति