• २२ वैशाख २०८१, शनिबार

कतारका अमिर शेख काठमाडौँमा

blog

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : सागर बस्नेत

काठमाडौं, वैशाख ११ गते । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुग्नु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ । 

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।