• १२ साउन २०८१, शनिबार

उपनिर्वाचनका लागि सत्र सय जनशक्ति

blog

काठमाडौँ, वैशाख १० गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा करिब एक हजार सात सय जनशक्ति परिचालन गरिने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना रहने गरी कर्मचारी नियुक्त गर्न निर्वाचन अधिकृतको कार्यालयलाई सहमति दिइएको छ । इलाम–२ मा १४९ र बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने छ । 

प्रत्येक केन्द्रमा एक एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन् । उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ । आयोगका अनुसार बझाङ उपनिर्वाचनमा खटिने कर्मचारी नियुक्त भइसकेका छन् ।